साहित्यपोस्ट डट कम

लघुकथा: एक भोट

लघुकथा: एक भोट

लाइन छिट्टै सर्याे।

उसका औँलामा मसी अझै लागेको थिएन तर दिमागमा धेरै कुरा थिए ।

उसको मोबाइल स्क्रिनमा स्टोरीहरू बगिरहेका थिए,

“यस पटक परिवर्तन ।”

“अब पुराना हुँदैनन् ।”

“अब माथि पुर्याउनु पर्ने एक जना छ ।”

ऊ पनि त्यही सपना देखेर यहाँ आएको हो तर त्यो सपना यहाँको उम्मेदवार होइन ।

मतपत्र हातमा आयो । उसले नाम खोजेन, चिन्ह पनि खोजेन ।

उसले अनुहार खोज्यो,

जसले काम गरेको होस्,

जसले झुट कम बोलेको होस्,

जसको जितले उसलाई लाज नलागोस् ।

लाइनको अर्को युवाले भन्यो,“जे भए पनि नयाँलाई हाल्ने हो ।”

उसले हल्का स्वरमा भन्यो, “नयाँ ठीक होला । तर पुराना सबै गलत होइन ।”

“माथि पुग्ने सपना साँचो बनाउने हो भने तलबाट नै सही मान्छे पठाउनुपर्छ ।” भन्दै भिडले रोजेभन्दा पर आफूले रोजेर छाप लगायो ।

साझा गर्नुहोस्:
डा. बालकृष्ण साह

लेखकको बारेमा

डा. बालकृष्ण साह

वरिष्ठ चिकित्सक डा. बालकृष्ण साह स्त्री-रोग विशेषज्ञ हुन् । विगत १० वर्षदेखि स्वास्थ्यको क्षेत्रमा कलम चलाउँदै आएका साहका रचनाहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित हुँदै आएका छन् ।

थप रचनाहरू पढ्नुहोस् →
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.