साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका । साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च ।

लघुकथा: द्वन्द्वात्मक भौतिकवाद

लघुकथा: द्वन्द्वात्मक भौतिकवाद

घरमा चामलधरि रहेनछ ।

केही छिनको अलमलपछि भाउजू पार्वतीकै घरतिर लाग्नुभएछ ।

पार्वतीले मानाले चामल भर्दै भनिछन्- “पैँचो भन्छ्यौ । सधैँ पैँचो भन्छ्यौ । तिर्न कहिल्यै ल्याउँदिनौ ।”

अनि भाउजूले जाउलो पकाउनुभएछ ।

केटाकेटीले खाएछन् ।

भाउजू भोकै ढल्किनुभएछ ।

राति दश बजेर सत्चालिस मिनेट जाँदा रामशरण दाइ लर्खरिँदै घर आइपुग्नुभएछ ।

दाइले पहिले ढोकामा ढकढक पार्नुभएछ ।

ढोका नखुलेपछि भन्नुभएछ- “खोई, द्वार खुलेन त काम्रेड ?”

दाइ भाउजूको जनवादी बिहे । पार्टीले गराइदिएको ।

सधैँ मातेपछि दाइ भाउजूलाई ‘काम्रेड’ भन्नुहुन्थ्यो ।

भाउजूले ढोका खोल्नुभएछ ।

हातमा आग्लो । त्यसैले बजाउनुभएछ दाइको पुर्पुरोमा ।

दाइ ढुन्मुनाउँदै फर्केछन् ।

बिहान हामी सबै रमाइलो हेर्न जम्मा भएका थियौँ ।

छक्काल बितेपछि दाइ दह्रो खुट्टामा फर्किनुभो ।

भन्दै हुनुहुन्थ्यो- “द्वन्द्वात्मक भौतिकवादमा यस्तो भइरहन्छ । संसार यसरी नै अगाडि बढ्छ । हिजो राति वाद भयो; प्रतिवाद पनि भयो । अब संवाद हुन्छ ।”

बिरेले काननेर मुख ल्याएर खुसुक्क भन्यो- “द्वन्द्वात्मक भौतिकवाद । ख्याल राखेस् । पछि तँ, हामी, सबैलाई काम लाग्छ ।”

साझा गर्नुहोस्:
साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका । साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च ।
शब्द मिडिया प्रा. लि. काैशलटार चाेक, भक्तपुर
सञ्चार रजिष्टरको कार्यालय दर्ता नं. ०००३६
प्रेस काउन्सिल दर्ता नं. ००७१४
फोन नंः: ९८५१०९७८८८
अश्विनी कोइराला
प्रधानसम्पादक
कृष्ण ढुङ्गेल
सम्पादक
प्रकाश पौडेल "माइला"
सर्वज्ञ वाग्ले
संरक्षक

लेख रचना पठाउन : यहाँबाट पठाउनुहोस् sahityapost2020@gmail.com

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.