साहित्यपोस्ट डट कम

लघुकथा: डिभोर्स पेपर

लघुकथा: डिभोर्स पेपर

“रातको नौ बजिसक्यो । अब कतै जानुपर्दैन ।” मथुराले आफ्नो लोग्नेलाई भनिन् ।

“आमा साह्रै बिरामी हुनुहुन्छ । आमालाई अस्पताल लैजाने कोही हुनुहुन्न । बुबाको फोन चारचोटी आइसक्यो । कुरा बुझ न बुढी ।” गंगारामले बुढीलाई सम्झाउँदै भने ।

“ठिक छ जानुस् । घर नआउनुहोला ।” बुढीलाई खुसी पार्न उसैको कुरा मानेर गएनन् गंगाराम ।

एकदिन मथुरालाई घरबाट बहिनीको फोन आयो ।

“दिदी, आमा साह्रै बिरामी हुनुभएको छ । अस्पताल लैजान भिनाजुलाई पठाइदिनुस् ।” बहिनीको कुरा सुनेर आत्तिँदै भनिन् ।

“काफियाको बुबा, घरमा आमा बिरामी हुनुभएको छ । अस्पताल लैजानलाई तुरुन्तै जानुस् ।” आफ्नो बुढीको कुरा सुनेर गंगारामले घडी हेर्दै भने ।

“राति कहीँ नजानु भनेको होइन तिमीले ? अस्ति नौ बजे जान दिइनौ । आज बाह्र बजेछ ।”

मथुरा रिसाएझैँ कड्किएर भनिन् । “म केही कुरा जान्दिनँ । जाने भए जानुस् । नभए डिभोर्स पेपर तयार पारे हुन्छ ।”

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.