-“बाबु ! तिमी त हिजोअस्ति यो धर्तीमा आएका हौ । मलाई के सिकाउँछौ ? मैले त तिमीले भन्दा सयौं गुणा बढी भोटो फटाइ सकेको छु ।”
हजुरबाको जवाफले अनिल अचम्मित हुँदै भन्यो, “हजुरबा ! हजुरले मैलेभन्दा सयौं गुणा भोटो फटाइसक्नुभयो, म बुझ्छु । उसो भए ती नेताहरूले पनि राजनीतिका लाखौं कुर्सी भँचाइसके होलान् । आजसम्म तिनीहरूका बुद्धिचाहिँ किन नफिरेको त ? मान्छे वृद्ध भए भन्दैमा बुद्धि मात्र भएर हुन्न नि । विवेक पनि चाहिन्छ । हजुरका उमेरकाहरूको बुद्धि त छ तर विवेकहीन भएकाले आज देश यसरी दल्दलमा फस्दैछ ।
-“वृद्धहरू विवेकहीन हुन्छन् भन्ने कुरा कसरी जान्यौ ?”हजुरबाले अझै पनि हार नमानी प्रश्न राखे ।
-“हजुरहरूको पनि विवेक कहाँ रहेछ र ? विवेक भएको भए भ्रष्टहरूको आश्वासनमा मग्न बन्नु हुन्थ्यो ? हजुरका उमेरका नेताहरूको विवेक कहिल्यै पलाएन । तिनमा बुद्धि मात्र भएर नै भ्रष्ट बने । विवेक भएका भए देशलाई यसरी नर्कमा धकेल्ने थिएनन् । त्यसैले आज नयाँ पुस्ता जन्मिएका छन् बुढाहरूलाई विवेकका काम देखाउन ।”
नातीको विवेकशील कुराले हजुरबाले सोचमग्न बन्दै भने, “लौ ! पुराना दिमागमा बुद्धि मात्र रहेछन् ।अब नयाँ दिमागका विवेकले देशलाई सम्बृद्ध बनाओ तर आलोकाँचो विवेक लाएर मात्र हुन्न नि ! राजनीतिमा अभ्यस्त दिमाग पनि चाहिन्छ ।”

