साहित्यपोस्ट डट कम

लघुकथा: भद्रलोकको मेला

लघुकथा: भद्रलोकको मेला

एकादेशको कथा हो यो, भद्रलोकको । सराबे खोलाको फाँटमा भद्रलोक फलाक्षेत्रका आदिवासीहरू मेलामा भेला भए । खोला किनारमा फैलिएको फाँटमा विशाल ढुङ्गा जोडेर मन्च बनाइयो । आदिवासी सबैलाई मेलाका विभिन्न खेल र प्रतियोगितामा भाग लिन उर्दी गरियो ।

पहिलो दृश्य–0

विविध खेल र मनोरञ्जनका सजावट, साना पाल र कटेरामा राखिएका छन् । खेल जित्नेलाई साना-तिना उपहारको पनि व्यवस्था छ । सबैभन्दा उच्च पुरस्कार भएको खेलचाहिँ दौड हो, जो अनेक वाधा र अड्चन छिचोल्दै पूरा गर्नुपर्ने छ र एक छेउको मञ्चमा उफ्रेर बस्नुपर्ने छ । जसले दौड जित्यो र मञ्चमा पुग्यो, ऊ भद्रलोक फलाक्षेत्र जङ्गलको नाइके हुनेछ- राजा सरहको ।

दौडमा भाग लिन नाम लेखाउनुपर्छ । नाम टिपाउनेहरूमा चतुरे स्याल, हापुरे हुँडार, कान्ते हात्ती, गम्भिरे बाघ, चिप्ले ब्वाँसो, साने बाँदर, खन्तरे खरायो, छुस्के माउसुली छन् । यस्तो दौडको होडबाजी र फाँटभरि लाग्ने मेला हेर्न आदिवासीले पाँच वर्ष पर्खिनुपर्छ । त्यसैले सबैलाई उत्सुकता छ, रहर छ ।

ढुँङ्गे मन्चको अग्लो चप्लेटीमा ढसमस बसेको झ्याप्ले भालुलाई कसले उचालेर तल झार्छ, हेर्न आँखा तन्काएर बसेका छन् जङ्गलबासी ।

“त्यो साने बाँदरले त उचालेर फ्याँक्न के सक्ला र ?” दर्शक दिर्घाबाट कोही बोल्यो । “त्यो आफैं राम्रो खान नपाएर सुकेनास लागेको छ ।”

“छुस्के माउसुलीको पनि के हिम्मत छ र, दौडन छिटो भए पनि ।”

“तर उसका आफ्ना जातका भाइ-भैयात र घर गाउँले समर्थक छन् अनगिन्ती । सबै लागेर पल्टाउँछन् ।”

अड्कल बाजी चलिरहेछ दर्शक र समर्थकमाझ ।

आ-आफ्ना दौड उमेद्वारलाई समर्थन गर्न ठेलम्ठेल गर्दै घुइँचो लागेका छन् भद्रलोकका जङ्गलबासिन्दा । कोही अग्लो ठाउँ रोजेर बसेका छन्, कोही रुखमा चढेर हौसला थपिरहेका छन् ।

समूह समूहमा छलफल चलिरहेको छ –

“साने बाँदरको पनि ठूलो हुल छ । उसले जित्यो भने त्यो पारीको खन्यू घारीबाट सबै साथीलाई बोलाउँछ ।”

“छुस्के र साने दुइटै जेनजी हुन् । चाहे भने त्यो राजा भैखाको झ्यापुल्लेलाई खेदाउन सक्छन् ।”

“बिचरा कान्ते ! अब ता बूढो भैसक्यो तर त्यो अग्लो चप्लेटीमा राज गर्ने धित मरेको छैन, त्यसको मोह छ । यसपालि दौडन नसकेर केही घाटा हुँदैन उसलाई ।”

“तर फेरि किन दौडन तम्सेको ? खोला छेउको वनकेरा घारीमा मस्त नबसेर।”

त्यो उच्च पुरस्कारको लोभ सबैलाई छ ।

गम्भिरे बाघ आफ्नो दलबलसहित होडबाजीमा उत्रेको छ । हुन त ऊ पनि दुईपल्ट त्यो अग्लो चप्लेटीमा पुगेको हो तर समय नपुग्दै ओर्लन पर्यो । यसपटक गम्भिरेलाई समर्थन गर्ने धेरै छन् जस्तो बुझिन्छ भद्रलोकबासीका कुराबाट ।

दोश्रो दृश्य –

सराबे खोलाको किनारको फुस्रो बालुवामा लडेर कत्ले गोही शिकारको दाउमा छ । बेला बेला पानीभित्र लुक्न जान्छ ।

मञ्च बनाउन जोडेका ढुङ्गामुनिको चेपमा फ्वा-फ्वा गर्दै गुँडुलिएको छ पेटारे अजिङ्गर । ऊ पनि चियो चर्चो गर्दैछ त्यहाँ भेला भएका थलचरको । खन्तरे खरायो छेऊ पर्यो भने उसले छोड्ने छैन–एकै क्वापमा निलिदिन्छ ।

प्रतियोगिताको व्यवस्थापक नाइके, तिखे चिलले सिट्ठी बजाएपछि दौड शुरु भयो- जम्मा पाँच किलोमिटर लामो वाधा अड्चनसहितको बाटो ।

दौडको अग्रगतिमा छन् चतुरे स्याल, चिप्ले ब्वाँसो, साने बाँदर, छुस्के माउसुली र खन्तरे खरायो ।

भद्रलोकका बासिन्दाहरू दौडको रमिता हेरेर उत्साहले ताली बजाउँदै, स्वर उरालिरहेका बेला भिडमा घम्साघम्सी देखियो ।

चिप्ले ब्वाँसो उफ्रेर मञ्चमा अघि पुगेको रहेछ । अरु ब्वाँसाहरू कुदेर उफ्रँदै त्यहीँ पुगे ।

साने बाँदरका सन्तान पाखाका रुख रुखमा चनाखो बसेका थिए; ती झुण्ड झुण्डमा “धाँधली भयो” भन्दै कराउँदै आए । केहीले खोलाका ढुङ्गा टिपेर हाने, कतिले हाँगा भाँचेर फ्याँके ।

ब्वाँसोले, “धाँधली गर्यो, गुल्चे खेल्यो” भन्दै सबै बाँदर, माउसुली, खरायोले विरोध गरे, धर्ना बसे मञ्चको छेउमा ।

मञ्चको झ्यापुल्ले भालु अघि नै राजाको पदबाट भुइँमा पछारिएको थियो ।

अरु जोडले नारा लगाउँदै थिए, “गम्भिरेको पालो हो यसपालि ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.