(समय: करिब १ मिनेट ३० सेकेन्ड)
पात्रहरू:
आर्य (युवा)
विमला (शिक्षिका)
रमेश (समुदायका अगुवा)
दृश्य: गाउँको चौतारी । हल्का तनावयुक्त वातावरण ।
आर्य:
हामी किन सधैँ विभाजनको कुरा मात्र गर्छौं ? भाषा, जात, विचार—सबै फरक भए पनि, के हामी मानवताको एउटै सम्बन्ध भित्र छैनौँ ?
विमला:
आर्य ! फरक हुनु अपराध होइन, तर फरकलाई द्वेषमा बदल्नु नै ठूलो भूल हो । सद्भाव भनेको समानता होइन, स्वीकार्य हो—जहाँ भिन्नताले सुन्दरता पाउँछ ।
रमेश:
(गम्भीर मुद्रामा )
तर व्यवहारमा त्यो कसरी सम्भव हुन्छ ? मानिसले आफ्नै पीडा मात्र देख्छ, अरूको अनुभूति बुझ्न गाह्रो हुन्छ ।
विमला:
त्यसैले त शिक्षा चाहिन्छ—पुस्तकको मात्र होइन, हृदयको । जब हामीले अरूका आँखाबाट संसार हेर्न सिक्छौँ, तब सद्भाव अंकुराउँछ ।
आर्य:
यदि हामीले सानो कदम चाल्यौँ भने; एक मुस्कान, एक सहानुभूति, एक सहकार्य—यिनैले ठूलो परिवर्तन ल्याउन सक्छ ।
रमेश:
( मन्द मुस्कानसहित )
हामीले ठूलाठूला भाषण होइन, साना साना कर्मबाट शुरु गर्नुपर्छ । आजदेखि, म आफ्नै व्यवहारमा परिवर्तन ल्याउने प्रतिज्ञा गर्छु ।
विमला:
त्यही त साँचो क्रान्ति हो—मनको । जब मन बदलिन्छ, समाज आफैँ रूपान्तरित हुन्छ ।
आर्य:
आउनुहोस् ! हामी सबैले सद्भाव निर्माण गरौँ । जहाँ न कुनै भेदभाव हुन्छ, न कुनै द्वेष – केवल सम्मान, सहअस्तित्व र प्रेम ।
सबै (आपसमा अंकमाल गर्दै एकै स्वरमा ):
“सद्भाव नै समृद्धिको आधार हो ।”
(पर्दा बन्द हुन्छ)
समाप्त ।

