साहित्यपोस्ट डट कम

किरण खरेललाई ‘परशु–कल्पना स्रष्टा सम्मान’

किरण खरेललाई ‘परशु–कल्पना स्रष्टा सम्मान’

काठमाडौं । गीतकार किरण खरेललाई ‘परशु–कल्पना स्रष्टा सम्मान, २०८२’ समर्पण गरिएको छ। नेपाल स्रष्टा समाजद्वारा आयोजित कार्यक्रममा आख्यानकार परशु प्रधानको स्मृतिमा स्थापित उक्त सम्मान प्रदान गरिएको हो।

कार्यक्रममा समालोचक दयाराम श्रेष्ठले खरेललाई सम्मानपत्र प्रदान गर्नुभएकाे थियाे भने नगद १ लाख १ सय ११ रुपैयाँसहित सम्मान समर्पण गरिएको थियो।

वक्ताहरूले खरेलको गीत–साहित्यमा योगदानको प्रशंसा गर्दै उहाँलाई नेपाली संगीत क्षेत्रका महत्वपूर्ण सर्जकका रूपमा चित्रण गर्नुभएकाे थियाे । रमण घिमिरे, दिनेश अधिकारीलगायतले खरेललाई समर्पित, निरन्तर सृजनामा लागिरहने स्रष्टाका रूपमा उल्लेख गर्नुभयाे ।

कार्यक्रममा प्रतीक प्रधानले आफ्ना पिता परशु प्रधानको स्मृतिमा उक्त सम्मान स्थापना गरिएको जानकारी दिनुभएकाे थियाे भने पवन आलोक र श्रीओम श्रेष्ठ ‘रोदन’ले परशु प्रधानको साहित्यिक योगदानको चर्चा गर्नुभएकाे थियाे ।

कार्यक्रममा खरेलले ७ सय भन्दा बढी आधुनिक गीत सिर्जना गरेको उल्लेख गर्दै उहाँलाई नेपाली संगीतका उज्ज्वल नक्षत्रका रूपमा प्रस्तुत गरिएको थियो।

ट्याग: किरण खरेल
साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.