साहित्यपोस्ट डट कम

खुला राष्ट्रिय निबन्ध प्रतियोगितामा नेम्बाङ, पोखरेल र कडेल विजयी

खुला राष्ट्रिय निबन्ध प्रतियोगितामा नेम्बाङ, पोखरेल र कडेल विजयी

काठमाडौं । नेपाली लेखक सङ्घसँगको सहकार्यमा बीपी कोइराला मेमोरियल कलेज, चाबहिलले आयोजना
गरेको खुला राष्ट्रिय निबन्ध प्रतियोगिता–२०८३ मा धर्मेन्द्रविक्रम नेम्बाङ प्रथम हुनुभएकाे छ ।

पाँचथरका नेम्बाङ प्रथम हुँदा दोलखाका डा. टीकाराम पोखरेल द्वितीय तथा कास्कीकी जानुकी कडेल तृतीय हुनुभएकाे छ ।

गिरिजाप्रसाद कोइरालाको १०३औँ जन्मजयन्तीका सन्दर्भमा ‘लोकतन्त्र र शान्ति स्थापनामा गिरिजाप्रसाद कोइरालाको योगदान’ शीर्षकमा राष्ट्रव्यापी निबन्ध प्रतियोगिता आयोजना गरिएको थियो ।

प्रतियोगिताका विजयीलाई बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पुरस्कार प्रदान गर्नुभयो ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.