साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका। साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च।

खगेन्द्र गिरीको ‘भग्न प्रेमशाला’लाई साहित्यपोस्ट आख्यान पुरस्कार–२०८२

खगेन्द्र गिरीको ‘भग्न प्रेमशाला’लाई साहित्यपोस्ट आख्यान पुरस्कार–२०८२

काठमाडौं । साहित्यपोस्टले प्रदान गर्दै आएको ‘साहित्यपोस्ट आख्यान पुरस्कार–२०८२’ कथाकार खगेन्द्र गिरीलाई प्रदान गरिएको छ । उहाँको कथासङ्ग्रह ‘भग्न प्रेमशाला’ यस वर्षको उत्कृष्ट आख्यान कृतिका रूपमा पुरस्कृत भएको हो ।

असार १५ गते ग्रिनलिफ रेस्टुरेन्टमा आयोजित कार्यक्रममा खगेन्द्र गिरीलाई नगद ५० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको हो ।

‘साहित्यपोस्ट नवरत्न–२०८२’ अन्तर्गत आख्यान विधामा खगेन्द्र गिरीको ‘भग्न प्रेमशाला’, प्रकाश पन्थीको उपन्यास ‘महबी मिका’ तथा लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’ अन्तिम सूचीमा परेका थिए । तीमध्ये ‘भग्न प्रेमशाला’ उत्कृष्ट घोषित भएको हो ।

कार्यक्रममा आख्यान विधाका अन्तिम सूचीमा परेका खगेन्द्र गिरी, प्रकाश पन्थी र लक्ष्मण वियोगीलाई ‘साहित्यपोस्ट नवरत्न–२०८२’ सम्मानसमेत प्रदान गरिएको थियो ।

पुरस्कारको घोषणा सल्लाहकार सम्पादक त्रिभुवनचन्द्र वाग्लेले गर्नुभएको थियो ।

प्रधानसम्पादक अश्विनी कोइरालाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन तैंतैं धितालले गर्नुभएको थियो भने स्वागत मन्तव्य राख्दै सम्पादक कृष्ण ढुङ्गेलले साहित्यपोस्टका गतिविधि तथा पुरस्कारको उद्देश्यबारे जानकारी गराउनुभएको थियो ।

साहित्यपोस्टले नवोदित लेखकलाई प्रोत्साहन गर्ने उद्देश्यले हरेक वर्ष काव्य, आख्यान र गैरआख्यान विधामा उत्कृष्ट कृतिलाई पुरस्कार प्रदान गर्दै आएको छ ।

साझा गर्नुहोस्:
साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका। साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च।
शब्द मिडिया प्रा. लि. काैसलटार चाेक, भक्तपुर
( वडा नम्बर ३ काे कार्यालयसँगै )
सञ्चार रजिष्टरको कार्यालय दर्ता नं. ०००३६
प्रेस काउन्सिल दर्ता नं. ००७१४
फोन नंः: ९८५१०९७८८८
अश्विनी कोइराला
प्रधानसम्पादक
कृष्ण ढुङ्गेल
सम्पादक
प्रकाश पौडेल "माइला"
सर्वज्ञ वाग्ले
संरक्षक

लेख रचना पठाउन : यहाँबाट पठाउनुहोस् · sahityapost2020@gmail.com

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.