सिन्धुली । कविवर स्व. उमानाथ शास्त्री सिन्धुलीयको ४८ औँ स्मृति दिवस सिद्धज्योति शिक्षा क्याम्पसको आयोजना, उमानाथ शास्त्री साहित्य प्रतिष्ठानको समन्वय तथा बुडौली साहित्य समाज र जर्बुटा कला सङ्ग्रहालयको सहभागितामा क्याम्पसको सभाहलमा सम्पन्न भएको छ।
कार्यक्रममा साहित्य सर्जक पवन पाख्रीन, नन्दलाल श्रेष्ठ, लोकेन्द्र डहरे, बाबुराम श्रेष्ठ “निरुपम”, मैयाँ लामिछाने, बाबुराम फुयाल, शम्भु गजुरेल, दुर्गादेवी ढकाल, भाइदाजु प्रोज्ज्वल, विशम्वर लामिछाने, भिम बिक्रम थापा लगायत शिक्षक, प्राध्यापक तथा विद्यार्थीहरूले गजल, कविता, मुक्तक र हाइकुहरूको वाचन गर्नुभएकाे थियाे ।
कार्यक्रमका वक्ताहरूले स्व. उमानाथ शास्त्रीको जीवनी र उहाँको साहित्यिक योगदानबारे प्रकाश पार्नुभएकाे थियाे । कार्यक्रममा उमानाथ शास्त्री सिन्धुलीय साहित्य प्रतिष्ठानका अध्यक्ष तुलसी प्र. ढकालले सभापतित्व गर्नु भएको थियो भने प्रमुख अतिथि निरञ्जना चन्द ‘निरु’ रहनुभएको थियो।
सिद्धज्योति शिक्षा क्याम्पसका क्याम्पस प्रमुख डा. नानीबाबु घिमिरेले सहभागीहरूलाई स्वागत गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन प्राध्यापक गुणकुमारी घिमिरेद्वारा गरिएको थियो।
दर्जनौँ साहित्यप्रेमी र सर्जकहरूले आफ्ना सिर्जनाहरू वाचन गरी कार्यक्रमलाई रोचक र सफलतापूर्वक सम्पन्न बनाउनुभएकाे थियाे ।

