आत्मगौरव हुनेहरू चेत !
खोक्रो भइसक्यो आज स्वदेश
विविध प्रकार जो गर्छ दोहन
विश्व बुझ्दछ उही हो विशेष ।
बुद्ध जन्मेका बेला तिनको
कहाँ थियो यो गणतन्त्र देश ?
तिनका खाने दाँत को देख्छ ?
देखाउने दाँत नै विशेष !
भित्रभित्रै खाइरहेछन् तिनैले
सुन सबले साँचो सन्देश
आज भन्दछ बुद्ध पनि आफ्नै
पूर्ण मदान्ध र धर्मान्ध देश।
स्वयम् यसरी दुर्बल भएपछि
अरूका आँखा गड्ने हुन्छ
बुझौँ है मर्म जति चाँडो हुन्छ
हरेक जागरूक हुनै पर्छ।

