साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका । साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च ।

कविता : सुन कि गुण

कविता : सुन कि गुण

(लघुकविता)

आमाले लाएको

मङ्गलसूत्र होस् वा तिलहरी

प्रेमीले लाएको औँठी होस्

या पशुपतिले लगाएको जलहरी

अथवा लासको मुखमा राखिदिएको

त्यो सानो टुक्रो सुनदेखि

बेवारिस किलोका किलो सुन होस्

आखिर सबै सुन नै हुन्

मात्र स्थान, महत्त्व र गुणमा फरक छ ।

फरक छुट्याउन सके मात्रै

सुन पनि सुन हुँदो रहेछ ।

सुन लाउनेबित्तिकै सबै राम्रो

वा नलाउनेबित्तिकै सबै नराम्रो

अथवा सुन लाउने सबै खराब

र नलाउने सबै असल

त्यो पनि कहाँ हुन्छ र !

मान्छे राम्रो–नराम्रो चिन्नलाई त

सुनको टलक हेर्नुअघि

ऊभित्रको गुण हेर्नुपर्दो रहेछ ।

साझा गर्नुहोस्:
साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका । साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च ।
शब्द मिडिया प्रा. लि. काैशलटार चाेक, भक्तपुर
सञ्चार रजिष्टरको कार्यालय दर्ता नं. ०००३६
प्रेस काउन्सिल दर्ता नं. ००७१४
फोन नंः: ९८५१०९७८८८
अश्विनी कोइराला
प्रधानसम्पादक
कृष्ण ढुङ्गेल
सम्पादक
प्रकाश पौडेल "माइला"
सर्वज्ञ वाग्ले
संरक्षक

लेख रचना पठाउन : यहाँबाट पठाउनुहोस् sahityapost2020@gmail.com

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.