साहित्यपोस्ट डट कम

कविता : सङ्कटमा भौतिकवाद

कविता : सङ्कटमा भौतिकवाद

सुनेपछि

विश्व क्रान्तिको इतिहास

पढेर बुझेपछि

मार्क्सवादी दृष्टिकोण र समाजवाद

अनि हेगेललाई सच्याउँदै लहरिएका द्वन्द्वात्मक भौतिकवाद

चलेपछि

आफ्नै समाजको बलेसीमा वर्गीय युद्ध।

भएका हुन् आपा मार्क्सवादी

भएका हुन् आपा कम्युनिस्ट

भएका हुन् आपा भौतिकवादी।

तर, आजकाल आपा

दुःखमा ईश्वर पुकार्छन् र भन्छन्

“हे भगवान्! यो देशलाई मुक्त गर

सहिदहरूको श्रापबाट

भ्रष्ट र हत्यारा सरकारको पञ्जाबाट।

भौतिकवादको यस्तो पराकाष्ठा

यो एक अध्यायको समाप्ति हो।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.