साहित्यपोस्ट डट कम

कविता : समृद्धिको सपना

कविता : समृद्धिको सपना

समृद्धिको सपना यहाँ, सधैँ अधुरो रह्यो

समयसँगै देशको पाइला, सधैँ लुरो रह्यो।

कुर्सी र शक्तिको खेलमा मुछिए नेता यहाँ

देश बनाउने कसम त केवल भुरो रह्यो।

पछिपछि लागेर झोला बोक्ने ती कार्यकर्ता

न भिजन छ, न चेत, दिमाग नै चुरो रह्यो ।

भोट बेचेर रक्सीमा रमाउने यी जनता

आफ्नै गल्तीले भविष्य यहाँ धुलो–धुलो रह्यो।

खोज्छौ कसरी विकास, कर्तव्य नबुझिँदा

स्वार्थको आगोमा यो देश सधैँ डढेलो रह्यो ।

दोष कसलाई दिऊँ खै, सबै उस्तै छन् यहाँ

मेरो देश त सधैँ घाम र जुनको चेपमा पुरो रह्यो ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.