समृद्धिको सपना यहाँ, सधैँ अधुरो रह्यो
समयसँगै देशको पाइला, सधैँ लुरो रह्यो।
कुर्सी र शक्तिको खेलमा मुछिए नेता यहाँ
देश बनाउने कसम त केवल भुरो रह्यो।
पछिपछि लागेर झोला बोक्ने ती कार्यकर्ता
न भिजन छ, न चेत, दिमाग नै चुरो रह्यो ।
भोट बेचेर रक्सीमा रमाउने यी जनता
आफ्नै गल्तीले भविष्य यहाँ धुलो–धुलो रह्यो।
खोज्छौ कसरी विकास, कर्तव्य नबुझिँदा
स्वार्थको आगोमा यो देश सधैँ डढेलो रह्यो ।
दोष कसलाई दिऊँ खै, सबै उस्तै छन् यहाँ
मेरो देश त सधैँ घाम र जुनको चेपमा पुरो रह्यो ।

