साहित्यपोस्ट-नपढी सुखै छैन...

कविता : सबै भविष्य सपना जस्तै हुन्छन्

कविता : सबै भविष्य सपना जस्तै हुन्छन्

(लघुकविता)

म चाहन्छु
एक दिन तिमीलाई
सगरमाथाको आधार शिविरमा
चिया खान लैजाऊँला,
र चियाको मीठो रङसँगै मायाको रङ
र हिमालको मुस्कान घोलेर
एक कप तातो–तातो चिया खाऊँला।

अर्को पटक
खप्तडको हरियो मैदान घुम्दै
बडीमालिकाको आशीर्वाद थापेर
अपी हिमालको काखमा
क्रिकेट खेलको रमाइलो हेर्न जाऊँला ।
र अर्को पटक त्यस्तै–त्यस्तै...

वर्तमानसँग मेरो भविष्यको प्रश्न छ
"के मेरो त्यो सुन्दर सपनामा तिम्रो साथ छ ?"

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.