साहित्यपोस्ट डट कम

कविता : नारायणीतीर र हात्तीका छावाहरू

कविता : नारायणीतीर र हात्तीका छावाहरू

मुखमा गाँस हाल्दा-नहाल्दा तिमीहरूको याद आउँछ

प्रिय खगेन्द्र प्रसाद, प्रिय रुद्रकली

तिमीहरूले खायौ कि खाएनौ ?

प्यास लाग्दा नारायणी पायौ कि पाएनौ ?

सातै वर्षका बालक त हौ तिमीहरू

आमाको काख र बाबाको हात कहाँ मात्रै खोजेनौ होला !

भोक, तिर्खा र अनिद्रा बोकेर चितवनको आँगन र नारायणीतीर

कसलाई मात्र सोधेनौ होला !

म मेरो जिन्दगीसँग त विवश थिएँ-थिएँ

आज तिम्रो जिन्दगीसँग पनि विवश छु

तिमीहरूलाई म कसरी बुझाऊँ

मोलमोलाई र बेचबिखनको

आलोपालो नै हाम्रो जिन्दगी भएको छ।

पालैसित

म विप्रेषणको नाममा बेचिइरहेको छु

तिमी उपहारको नाममा बेचिइरहेका छौ !

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.