साहित्यपोस्ट डट कम

कविता : मसित जूनको कुरा नगर

कविता : मसित जूनको कुरा नगर

मेरो कविता फुल्ने भनेकै

तिमी फुल्ने हाँगामा हो

मेरो कविता बग्ने भनेकै

तिमी बग्ने छाँगामा हो ।

तिमी नै भन

तिमीबिना म कसरी बाँचूँला ?

तिमी हाँसेनौ भने म कसरी हाँसूँला ?

मसित जूनको कुरा नगर प्रिय !

तिमी जून नै हुनुपर्छ भन्ने छैन

मात्र जुनकिरी हौ भने पनि

त्यही जुनकिरीको साथ भए पुग्छ ।

आकाशको तारा आकाशमै बस्न देऊ

मात्र तिम्रो मायाको हात भए पुग्छ ।

मसित जूनको कुरा नगर प्रिय !

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.