साहित्यपोस्ट-नपढी सुखै छैन...

कविता : म मेरो नजरमा सही छु

कविता : म मेरो नजरमा सही छु

नसुनाऊ मलाई अरूका कुरा

एकपटक सबैको फुटेको छ भाग्यको चुरा ।

म बाँचेको यसैले हो लत भए पनि

म मेरो नजरमा सही छु तिम्रो नजरमा गलत भए पनि ।

म आफ्नै तालमा नाच्छु तर जुरेली होइन

म आफूलाई खुसी बनाउँछु जुन झेली होइन ।

मान्छु तिम्रो सोच सपना अल्छी छैन

तिमीलाई समात्न सक्ने कुनै बल्छी छैन ।

तर विचार गर तिमी पनि

अँध्यारोलाई सराप्दैमा जुन पल्टिँदैन ।

चिन्न नखोज मलाई कोही होइन म

छिन्न नखोज मलाई ठेकीको मोही होइन म ।

झूटो सुख र दुःख कहिले पनि साट्दिनँ

नक्कली आँसु बोक्ने पानीको गोही होइन म ।

नसुनाऊ मलाई अरूका कुरा

एकपटक सबैको फुटेको छ भाग्यको चुरा ।

म बाँचेको यसैले हो लत भए पनि

म मेरो नजरमा सही छु तिम्रो नजरमा गलत भए पनि ।

साझा गर्नुहोस्:

यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

आफ्नो विचार राख्नुहोस्!

अहिले नै लगइन गरेर तपाईंको प्रतिक्रिया दिनुहोस् र संवादमा सहभागी बन्नुहोस्।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.