साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका । साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च ।

कविता : ल्याम्पपोष्टको आर्तनाद

कविता : ल्याम्पपोष्टको आर्तनाद

व्यस्त सडकको छेउ कुनामा

वर्षौंदेखि ठिङ्ग उभिएको

म एक ल्याम्पपोष्ट हुँ ।

मेरो फेदमा

रङ्गीचङ्गी बोरा छन्

सेता-काला प्लास्टिकका पोका पनि

एक-अर्कासँग गफिँदै छन् ।

आवाज चर्को आइरहेको छ

दुर्गन्ध पनि तीव्र आइरहेको छ ।

सायद

यी बोराबीच

आसन्न चुनावको चर्चा चलिरहेको छ

एक-आपसमा समर्थन

र आरोप-प्रत्यारोप पनि चलिरहेको छ ।

मानसिक अवस्था बिग्रेको

अनाथ महिलाको कपाल देख्दा

मैले आफ्नै शरीर सम्झिन्छु

लथालिङ्ग, गुजुमुजु परेको तार वर्षौंदेखि उस्तै छ ।

न जिन्दावादले देख्यो

न त मुर्दावादले नै देख्यो !

देख्दैनन्

लेनिनवाद-मार्क्सवादले,

न माओवाद-लोकतान्त्रिक समाजवादले

न त उदय भएको नयाँ शक्तिले नै !

बस्

देखिरहेँ म एक ल्याम्पपोष्टले

सुन्दर सहरमा

निर्जीव उभिएको ल्याम्पपोष्टको

कुरुप दृश्य !

साझा गर्नुहोस्:
सुजन राना 'ब्लुज'

लेखकको बारेमा

सुजन राना 'ब्लुज'

थप रचनाहरू पढ्नुहोस् →

तनहुँ जिल्लाको भीमाद नगरपालिका ४ का स्थायी बासिन्दा सुजन राना 'ब्लुज' हाल पोखरामा बस्नुहुन्छ । उहाँका कविताहरू विभिन्न मिडियामा प्रकाशित भइरहेका हुन्छन् ।

साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका । साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च ।
शब्द मिडिया प्रा. लि. काैशलटार चाेक, भक्तपुर
सञ्चार रजिष्टरको कार्यालय दर्ता नं. ०००३६
प्रेस काउन्सिल दर्ता नं. ००७१४
फोन नंः: ९८५१०९७८८८
अश्विनी कोइराला
प्रधानसम्पादक
कृष्ण ढुङ्गेल
सम्पादक
प्रकाश पौडेल "माइला"
सर्वज्ञ वाग्ले
संरक्षक

लेख रचना पठाउन : यहाँबाट पठाउनुहोस् sahityapost2020@gmail.com

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.