साहित्यपोस्ट-नपढी सुखै छैन...

कविता : खहरे र नदी

कविता : खहरे र नदी

खहरे गड्गडाउँछ

नदी सुसाउँछ ।

खहरे क्षणिक हुन्छ

नदी निरन्तर प्रवाहवान् ।

गड्गडाउनु खहरेको

मर्म, धर्म र पहिचान हो भने

शान्त र निरन्तर प्रवाहवान् भएर बहनु

नदीको कर्तव्य, नियम र धर्म पनि हो ।

खहरेलाई गड्गडाइदिए पुग्छ

तर शान्त नदीले विशाल समुद्रलाई भेट्न

निकै लामो यात्रा तय गर्नुपर्ने हुन्छ ।

साझा गर्नुहोस्:

यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

आफ्नो विचार राख्नुहोस्!

अहिले नै लगइन गरेर तपाईंको प्रतिक्रिया दिनुहोस् र संवादमा सहभागी बन्नुहोस्।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.