साहित्यपोस्ट डट कम

कविता : इच्छा

कविता : इच्छा

वर्षौँदेखि लेखिएका

पेन्सिलका अक्षरहरू

मेटाउनका लागि

धेरथोर इरेजरहरू मेटिएझैँ

युगौँयुगदेखि

जरा गाडेको तिम्रो

अस्तित्व मेट्नका लागि

आफ्नै इच्छाले खुसी-खुसीसाथ

म पनि मेटिन तयार छु।

किनभने

सुनौलो बिहान

भेट्नका लागि मैले

पटक-पटक ताराहरू

झरेको देखेको छु।

ट्याग: रेशम गिरी
साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.