साहित्यपोस्ट डट कम

कविता : एक्लोपनको उत्तर

कविता : एक्लोपनको उत्तर

तिमीलाई हामी सँगै नभएकोमा खल्लो लाग्दैन ?

एक्लै कतै टाढा हुँदा मन भारी हुँदैन ?

हात समाएर हिँडेका गोरेटोहरूले मुटु कोतर्दैन ?

याद नै नगरे पनि

कहीँ–कतै सम्झनाका बाछिटाहरूले झस्काउँदैनन् ?

तर

तिमीलाई केहीले छुँदैन !

तिमी त नदी थियौ, जसलाई समुद्र पुग्ने हतारो थियो ।

बिर्सिएको त मैले हो आफ्नो हैसियत

आखिर खहरेको हैसियत नै छाँगा–छहरा न हो

समुद्र पुग्न कहाँ सम्भव थियो र !!

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.