साहित्यपोस्ट डट कम

कविता : दशवटा सन्तान

कविता : दशवटा सन्तान

०२/०२/२२२२ मिति लेख्नलाई

आजको कुनै पनि मानिस बाँच्ने छैन।

के बाँचिरहला धानका लागि एक चिम्टी माटो ?

किनभने हाम्रा दशै औँलाहरूमा

हरेक दिन हुँदै छ प्लास्टिकको खेती ।

औँलाको थिचाइमा यदि पृथ्वी सल्किन्छ भने

आइन्स्टाइनको धनु–काँडलाई

तबसम्म धेरै समय बाँकी रहनेछ।

रहेकाहरूले त्यो दिन बिहानको पाठमा

कुन भाषामा अभिनव मिति लेख्लान् !

मेटाभर्सको प्रेम र निवेदन— कृत्रिम बुद्धिमत्ताको।

के पुरुषतन्त्रले रट्ला नारीवादको पाठ ?

वैषम्य र समानताको एक फाँकोमा ‘सान्छे’

अर्को फाँकोमा ‘मान्छे’ ।

किनभने यौनिकता प्राकृतिक हो

एक बाटोमा जन्तु, मानवभन्दा एउटा फड्को माथि छ

क्षणमै रोबोटले लिङ्ग परिवर्तन गर्छ।

रहला कि छातीबाट उछिट्टिएर

अज्ञात कक्ष लिने सुन्दर चन्द्रमा ?

क्रमिक विकासको इतिहास लेख्नेहरूले

के भन्न सक्छन् होला

‘होमो सेपियन्स’ पछि को हुनेछ ?

हाम्रा कविताका हड्डीमा उम्रनका लागि रहला

र कुनै प्रेमिकाको आँगनमा दुई त्यान्द्रा दुबो ?

कहालीलाग्दो सपना सुनाएर डर बाँड्नलाई

रहला र गाउँको शिरमा कुनै तर्साउने वटवृक्ष ?

बूढो रूखको औँठीले समाइराख्छ इतिहास

यदि हामीले रूखहरूलाई बाँच्न दियौँ भने।

सन्तान नभएपछि पनि माटोमा गाडेर राखौँ

दसवटा सन्तान !

मूल असमिया: राजीव बरा अनुवाद: डा. देवेन सापकोटा

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.