लघुकविता
आफूभित्रको
हुरी, बतास, आगो र चट्याङलाई
जिन्दगीबाट सधैँका लागि पन्छाउँदै
तिम्रो त्यो शान्त उद्गार
सुमधुर वाणी र शीतल मुस्कान टिपेर
यो वर्ष छर्दै गरेको मकैको बीउसँगै
हृदयको सानो बारीमा
शान्तिको दुई–चार मुठ्ठी बीउ
सच्चित्तले छर्न पाए हुन्थ्यो ।
र, त्यो मकै फलेजस्तै
मेरो हृदयमा पनि अलिकति
शान्ति फलिदिए
त्यही शान्तिको अनुभूति लिएर
अन्तिम रहरसँग रमाउन पाए हुन्थ्यो ।
हे भगवान् !
आखिर मनभरि अशान्ति लिएर
अभिनयमा रमाउनु त के रमाउनु रैछ र !

