आगो सूर्य र चन्द्रको नयनमा ज्वाला सधैं भइदिने
सर्पाभूषणले सधैँ सजिरही बाघाम्बरै पहिरने
सम्पूर्णै तनमा खरानी शिवको माला छ रुद्राक्षको
गङ्गा कलकल बग्दछिन् शिखरमा आभा सधैँ चन्द्रको |१|
तिम्रो धाम अचम्मको छ भगवान् रिष् राग छैनन् कतै
साडे सिंह र बाघको जगतमा का हुन्छ हो संगतै
माता दुर्गती हारिणी भगवती अर्धाङ्गिनी पार्वती
आशीर्वाद सदैव नै रहिरहोस् सुध्रोस् सधै दुर्मती |२|
कैलासेश्वर ! हे शिव ! प्रभु ! तिमी, नाच्छौ अचम्मै गरि
घाटीमा सब नागका पति उनै राख्छौ त माला भनी
हातैमा डमरू कमण्डलु लिई गर्छौ महा तान्णव
तिम्रोरुद्र स्वरूपले जगतमा भाग्छन् सबै दानव |३|

