साहित्यपोस्ट डट कम

कविता : भगवानशंकरजी को स्वरूप

कविता : भगवानशंकरजी को स्वरूप

आगो सूर्य र चन्द्रको नयनमा ज्वाला सधैं भइदिने

सर्पाभूषणले सधैँ सजिरही बाघाम्बरै पहिरने

सम्पूर्णै तनमा खरानी शिवको माला छ रुद्राक्षको

गङ्गा कलकल बग्दछिन् शिखरमा आभा सधैँ चन्द्रको |१|

तिम्रो धाम अचम्मको छ भगवान् रिष् राग छैनन् कतै

साडे सिंह र बाघको जगतमा का हुन्छ हो संगतै

माता दुर्गती हारिणी भगवती अर्धाङ्गिनी पार्वती

आशीर्वाद सदैव नै रहिरहोस् सुध्रोस् सधै दुर्मती |२|

कैलासेश्वर ! हे शिव ! प्रभु ! तिमी, नाच्छौ अचम्मै गरि

घाटीमा सब नागका पति उनै राख्छौ त माला भनी

हातैमा डमरू कमण्डलु लिई गर्छौ महा तान्णव

तिम्रोरुद्र स्वरूपले जगतमा भाग्छन् सबै दानव |३|

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.