साहित्यपोस्ट डट कम

कविता : भगौडा सिपाहीहरूका नाममा

कविता : भगौडा सिपाहीहरूका नाममा

दिनभर टुप्पीबाट पसिना पैतालासम्म

पुर्‍याएर

तनक्क तन्कनेहरू

ओछ्यान नजिकको जुटको बोरामा टेकेर

पैताला

रनक्क रन्किरहेका हुन्थे ।

तन्कनेहरू, थन्कन पर्नेहरूका सामु

भाषणमा तन्किए

आश्वासनमा तन्किए

शिलान्यासमा तन्किए

मदिरालयमा तन्किए

शौचालयमा तन्किए ।

बिचौलियाका सामु तन्किए

मिचौलियाका सामु तन्किए ।

तन्किँदा तन्किँदा बुटको चाक

खिइसक्दा पनि

तन्कन नछुटेकाहरू

खुम्चिएर — परिवारको बाध्यताले

बोकेर — हरियो राहदानी

देखिन्छन् — देशको झण्डा बोकेर उभिइरहेका

एयरपोर्टमा

तिनको तन्काइ अलि बेग्लै लाग्थ्यो

सावाँको ठूलो मुठोले होइन

मान्छेहरू

ब्याजको सिर्कनोबाट उम्किन

तन्काउँदै थिए एकजोर थकित पैताला ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.