साहित्यपोस्ट डट कम

कविता : आशा

कविता : आशा

निधारमा बसेका रेखा

मुजा परेको एउटा आकृती

सरकारी अस्पतालको

आइ सि यू कक्षबाहिरको

एउटा पुरानो बेन्चीमा ढल्कीएको देह

आशाको त्यान्द्रो लहराइरहेछ

राम्रो सुन्नका निम्ती

प्रतिक्षारत आँखाका नानिहरु ।

चारै कुनामा ठोक्कीरहेछन

मनैमनले प्राथना गरेर

एक मुठ्ठी

श्वासको भिक माग्दै

एककोहारिएको तन

अत्तालिन्थ्यो घरी घरी

पाकेर भतभती पोलिरहेको मन

ब्लक ब्लक बल्कीएको ललाट

तथापी उसको श्वास फर्किने आशा छ

हिजो जस्तै आफ्नै काखमा

लुटपुटिए हुन्थ्यो

बुढेशकालको साहारा बनिदिए हुन्थ्यो

मिठो आशामा तरंगीत भइरहेछ ।

तरंगित भइरहेछ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.