ऊ दिनभरि ऐना पुछिरहन्छआफ्नो रूप सफा देख्ने आसमा ।तर धूलो ऐनामा थिएनधूलो तउसको आफ्नै अनुहारमा थियोजसलाई ढाक्न ऊहरेक दिन झूटको क्रिम लगाउँछ ।अहिले ऐना सफा छतर ऊ ऐना हेर्न डराउँछकिनकि सत्यसधैँ कुरूप हुँदोरहेछ ।