साहित्यपोस्ट डट कम

कविता : ऐना

कविता : ऐना

ऊ दिनभरि ऐना पुछिरहन्छ
आफ्नो रूप सफा देख्ने आसमा ।
तर धूलो ऐनामा थिएन
धूलो त
उसको आफ्नै अनुहारमा थियो
जसलाई ढाक्न ऊ
हरेक दिन झूटको क्रिम लगाउँछ ।
अहिले ऐना सफा छ
तर ऊ ऐना हेर्न डराउँछ
किनकि सत्य
सधैँ कुरूप हुँदोरहेछ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.