साहित्यपोस्ट डट कम

काठमाडौँमा ११ औँ वातावरण साहित्य गोष्ठी हुँदै

काठमाडौँमा ११ औँ वातावरण साहित्य गोष्ठी हुँदै

काठमाडौँ । विश्व वातावरण दिवसको सन्दर्भमा नेपाली पर्या–साहित्य प्रतिष्ठानको आयोजना तथा साहित्यपोष्टको सहकार्यमा एघारौँ वातावरण साहित्य गोष्ठी यही जेठ २३ गते शनिबार नेपाल प्रज्ञा–प्रतिष्ठान, काठमाडौँमा आयोजना हुने भएको छ ।

वातावरण संरक्षणसम्बन्धी सन्देश प्रवाह गर्दै साहित्यमार्फत यसको महत्व उजागर गर्ने उद्देश्यका साथ गोष्ठी आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका संरक्षक प्रा.डा. गोविन्दराज भट्टराईले गर्नुहुनेछ भने अध्यक्ष विजय हितानले विद्युतीय माध्यमबाट शुभकामना मन्तव्य व्यक्त गर्ने कार्यक्रम रहेको छ ।

गोष्ठीमा डा. गीता त्रिपाठीद्वारा लिखित ‘पर्यावरणीय समालोचना सिद्धान्त र नेपाली कविता’ तथा ‘हरित हस्ताक्षर’ (पर्यावरणीय नारीवादी कवितासङ्ग्रह) कृतिको लोकार्पण गरिनेछ । समालोचना कृति विवेक सिर्जनशील प्रकाशन प्रा.लि. र कवितासङ्ग्रह अस्मिता हाम्रो प्रकाशनबाट प्रकाशित हुन लागेको जानकारी दिइएको छ ।

कार्यक्रमका संयोजक डा. अशोक थापाका अनुसार देशविदेशका झन्डै पाँच दर्जन पर्यावरणीय नारीवादी कविता एउटै सङ्ग्रहमा समेटिनु सकारात्मक उपलब्धि हो । आयोजकले गोष्ठीमार्फत वातावरण र साहित्यबीचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै जनचेतना अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.