साहित्यपोस्ट-नपढी सुखै छैन...

कल्पतरुका वार्षिक पुरस्कार तथा सम्मान घोषणा

कल्पतरुका वार्षिक पुरस्कार तथा सम्मान घोषणा

काठमाडौं । कल्पतरु प्रज्ञा प्रतिष्ठानले कल्पतरु द्वैमासिकको २५औँ वर्षप्रवेशका अवसरमा प्रदान गरिने कल्पतरु पुरस्कार तथा सम्मान–२०८२/०८३ घोषणा गरेको छ ।

प्रतिष्ठानका अनुसार कल्पतरु वर्ष सर्वोत्कृष्ट पुरस्कार साहित्यकार बाजुराम पौडेललाई प्रदान गरिने भएको छ । उहाँको ‘प्रतिमा’ कथा कल्पतरु द्वैमासिकको अंक ११८ मा प्रकाशित भएको थियो । उक्त पुरस्कारसँग १० हजार रुपैयाँ नगद राशि प्रदान गरिनेछ ।

कल्पतरु बाल साहित्य प्रोत्साहन पुरस्कार–२०८२ गोकर्णेश्वर–६ स्थित लर्ड्स लाइट एकेडेमीमा कक्षा ८ मा अध्ययनरत युगल नारायण पन्तलाई प्रदान गरिने भएको छ । उहाँको कविता पनि कल्पतरुको अंक ११८ मा प्रकाशित भएको थियो । पुरस्कारसँग एक हजार रुपैयाँ नगद प्रदान गरिनेछ ।

यसैगरी, प्रवासमा बसेर नेपाली साहित्यमा उल्लेखनीय योगदान पुर्‍याएबापत प्रदान गरिने सम्मान खेमराज पोखरेल (हाल टेक्सास, अमेरिका)लाई अर्पण गरिने भएको छ ।

कल्पतरु नारी साहित्यकार सम्मान–२०८२/०८३ साहित्यकार सीता पाण्डेयलाई प्रदान गरिने निर्णय गरिएको छ । कल्पतरु सम्पादन मण्डल, संरक्षक, सल्लाहकार तथा सहयोगीहरूको संयुक्त बैठकले पुरस्कार तथा सम्मान घोषणा गरेको हो ।

कल्पतरु द्वैमासिकका प्रधानसम्पादक नवराज पुडासैनी ‘ज्योत्सना’का अनुसार पुरस्कार तथा सम्मान वितरण कार्यक्रमको मिति छिट्टै सार्वजनिक गरिनेछ ।

साझा गर्नुहोस्:

यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

आफ्नो विचार राख्नुहोस्!

अहिले नै लगइन गरेर तपाईंको प्रतिक्रिया दिनुहोस् र संवादमा सहभागी बन्नुहोस्।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.