देशहरूमा बारुदको धुवाँ उठ्यो
मानवताको मन आज फेरि दुख्यो ।
शक्ति र अहङ्कार आपसमा ठोकिए
निर्दोष जीवनको भविष्य सकिए ।
यता स्वदेशमा आमा रोइरहेकी छन्
उता छोराछोरीको मनमा त्रासहरू बढ्दै छन् ।
गोली र मिसाइलले आकाश ढाकियो
शान्तिको सपना फेरि टुटाएर भगाइयो ।
शक्ति प्रमुखहरूका निर्णय कठोर बने
धर्तीमा रहेका धेरै घरहरू रित्तो बने ।
राजनीतिका द्वन्द्वहरू जति चर्किए
मानवताको आँसु उति बगिरहे ।
तर अँध्यारो सधैँ कहाँ टिकिरहन्छ र ?
आशाको घाम पनि सधैँ लुकिरहन्छ र ?
एक दिन युद्धको धुवाँ हटेर जानेछ
शान्तिको फूल संसारभरि फुल्नेछ ।

