साहित्यपोस्ट डट कम

कविता : युद्धको धुवाँ

कविता : युद्धको धुवाँ

देशहरूमा बारुदको धुवाँ उठ्यो

मानवताको मन आज फेरि दुख्यो ।

शक्ति र अहङ्कार आपसमा ठोकिए

निर्दोष जीवनको भविष्य सकिए ।

यता स्वदेशमा आमा रोइरहेकी छन्

उता छोराछोरीको मनमा त्रासहरू बढ्दै छन् ।

गोली र मिसाइलले आकाश ढाकियो

शान्तिको सपना फेरि टुटाएर भगाइयो ।

शक्ति प्रमुखहरूका निर्णय कठोर बने

धर्तीमा रहेका धेरै घरहरू रित्तो बने ।

राजनीतिका द्वन्द्वहरू जति चर्किए

मानवताको आँसु उति बगिरहे ।

तर अँध्यारो सधैँ कहाँ टिकिरहन्छ र ?

आशाको घाम पनि सधैँ लुकिरहन्छ र ?

एक दिन युद्धको धुवाँ हटेर जानेछ

शान्तिको फूल संसारभरि फुल्नेछ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.