साहित्यपोस्ट-नपढी सुखै छैन...

कविता : यो जिन्दगानी

कविता : यो जिन्दगानी

हरपल अबोध्य छ

बुझ्नै नसकिने

एक निमेषमा परिवर्तन हुने

एकछिनपछिको भन्नै नसकिने

अस्थिर लाग्ने यो जिन्दगानी !

एकैछिनमा दुखित भयो

एकैछिनमा खुसी भयो

न दुःख स्थायी हुन्छ

न त हुन्छ सुख नै

अचम्म लाग्छ यो जिन्दगानी !

एकैछिनमा प्रकट हुन्छन् घटना

एकैछिनमा सकिन्छन् पनि

फुट्ने पानीका फोकाजस्तै

सबै कुरा अस्थिर लाग्छन्

अस्थिरताको यो जिन्दगानी !

खोज्दाखोज्दै हराउने

मनै चञ्चल बनाउने

पुरानै पनि नयाँ लाग्ने

नयाँ–नयाँ समयका संयोगहरू

नबुझिने रहेछ यो जिन्दगानी !

अस्थायीको निरन्तरतामा

निरन्तरताको अदलबदलमा

दुर्बोध्य लाग्ने हरेक पलपलमा

सधैँ रहस्यमय लागिरहने

जिज्ञासाभित्र यो जिन्दगानी !

साझा गर्नुहोस्:

यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

आफ्नो विचार राख्नुहोस्!

अहिले नै लगइन गरेर तपाईंको प्रतिक्रिया दिनुहोस् र संवादमा सहभागी बन्नुहोस्।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.