साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका । साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च ।

कविता : यसपटक उनीहरू

कविता : यसपटक उनीहरू

सामाजिक सञ्जाल र टिकटकहरू

मन बिसाउने चौतारो बनिदिएपछि

विदेसिएका आफ्नै सन्तानहरूले

‘बा-आमा अब आँखा खोल्नुस्’ भनिदिएपछि

सत्तासीन पुराना मठाधीशहरू

पटक-पटक नराम्ररी चिप्लिएपछि

नयाँ परिवर्तनका अग्निज्वालाहरू

दन्दन्ती देशैभरि दन्किएपछि

आफ्ना मनहरू परिवर्तन गरे

यसपटक उनीहरूले ।

वर्षौँसम्म चरम निराशा सँगालेर

असन्तुष्टिका अग्ला पहाडहरू उचालेर

सुखद भविष्यको चाहनाले निथ्रुक्क भिज्दै

आशाको नौलो बिहानी झुल्किने लालसामा

बजाएर घण्ट आफ्नै मन-मन्दिरमा

मनलाग्दी चिन्हमा निर्धक्क भोट गरे

यसपटक उनीहरूले ।

साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका । साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च ।
शब्द मिडिया प्रा. लि. काैशलटार चाेक, भक्तपुर
सञ्चार रजिष्टरको कार्यालय दर्ता नं. ०००३६
प्रेस काउन्सिल दर्ता नं. ००७१४
फोन नंः: ९८५१०९७८८८
अश्विनी कोइराला
प्रधानसम्पादक
कृष्ण ढुङ्गेल
सम्पादक
प्रकाश पौडेल "माइला"
सर्वज्ञ वाग्ले
संरक्षक

लेख रचना पठाउन : यहाँबाट पठाउनुहोस् sahityapost2020@gmail.com

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.