थाहा छैन कतिबेला गयो साथीसँग खेल्ने उमेर
सङ्घर्षहरू जताततै छरिए जिम्मेवारीको रूप लिएर ।
आँखा चिम्लिएर सोच्छु “आउँदैनन् फेरि ती समय”
हरेक मानिसको जीवनमा हुन्छन् ती पल निकै रमणीय ।
जीवनको हरेक मोडमा धेरैलाई साथी बनाइयो
ती समयमा त बाटो हिँड्नेलाई नि साथी भनी बोलाइयो ।
अझै याद छ ? खाली खुट्टै हिँड्थ्यौँ हामी खेतका आली
लठ्ठी लिई यताउति खेदाउँथे हामीलाई ती माली ।
उति बेला त आकाशमा उड्ने जहाज पनि लाग्थ्यो सपना
थाहा भएन कति बेला बिते ती उमेर गरेरै कल्पना ।

