साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका। साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च।

कविता : टुकुचा र जिन्दगी

कविता : टुकुचा र जिन्दगी

आफैँमाथिको उज्यालो र आकाशमुनि छोपिएर
छोपिएका ढलान र ढक्कनले थिचिएर, निस्सासिएर
दायाँ-बायाँको सिमानाले झनै ठेलिएर, चेपिएर
आफ्नै प्राकृतिक र स्वच्छ रक्तप्रवाहमा
गुहु र ढल मिसाउँदै
डुङ्डुङ्ती गनाउँदै
बेहिसाब बगिरहेको टुकुचाझैँ
एकपछि अर्को गर्दै हात लागेको
असफलता र विपन्नताले घचेडिएर, पेलिएर
अनि आफ्नै अपेक्षा र अभिभाराले थिचिएर
चौरासी जुनीपछि बल्लतल्ल मिलेको
एक सग्लो र सङ्लो जीवनमा
कुण्ठा र ग्लानिको
गुह्ये लेदो मिसाउँदै
थोरै बचेको रसपानी चुहाउँदै

उसैगरी डुङ्डुङ्ती गनाउँदै
दुई ट्याब्लेटले धानेको
एकमुठी गन्धे सास बोकेर
ढल भइसकेर पनि
नदी सपनाको भारी खेप्दै

अझै समुद्र पुग्ने झिनो जिजीविषामा
बेहोस र बेप्रवाह
आफ्नै दुर्गन्धतिर
बगिरहेछ टुकुचा जिन्दगी ।

साझा गर्नुहोस्:
साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका। साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च।
शब्द मिडिया प्रा. लि. काैसलटार चाेक, भक्तपुर
( वडा नम्बर ३ काे कार्यालयसँगै )
सञ्चार रजिष्टरको कार्यालय दर्ता नं. ०००३६
प्रेस काउन्सिल दर्ता नं. ००७१४
फोन नंः: ९८५१०९७८८८
अश्विनी कोइराला
प्रधानसम्पादक
कृष्ण ढुङ्गेल
सम्पादक
प्रकाश पौडेल "माइला"
सर्वज्ञ वाग्ले
संरक्षक

लेख रचना पठाउन : यहाँबाट पठाउनुहोस् · sahityapost2020@gmail.com

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.