साहित्यपोस्ट डट कम

कविता : टावर

कविता : टावर

शीर्षहरू

जसले बनाए

बनाएकाहरूसँग टावरको सम्पर्क छैन ।

अहिले दिग्भ्रमित र विक्षिप्त छन्

मस्तिष्क सक्रिय छैन ।

शीर्षहरू टावरको सम्पर्कमा नभएपछि

बनाउनेहरूलाई स्पर्श गर्न

बुझ्न र छुन नसकेपछि जोडिन सकेनन्

सम्पर्क हुन सकेन ।

भावना र विचारबाट टाढा हुँदै गए शीर्षहरू

शून्यमा झरे

रुखबाट पात झरे जस्तै

क्रमशः झर्दै छन् ।

हामीले आशा गरेका थियौँ

ऊ अहिलेको अवस्थामा पौडिन्छ

र हामीलाई पनि किनारामा ल्याउँछ ।

त्यस्तो हुन सकेन

त्यस्तो गर्न सकेन शीर्षले ।

त्यसैले, हाम्रो टावर शीर्षले पकड्न सकेन ।

अहिले शक्ति भएका

ऊर्जा भएका धेरै युवाहरू

मस्तिष्क अत्यन्त सक्रिय भएका युवाहरू

टावरको सम्पर्कमा छन् ।

हामीले आशा गरेका छौँ

डुब्नबाट देशलाई बचाउँदै

हामीलाई किनारामा ल्याउने छन् ।

ट्याग: ओम आचार्य
साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.