साहित्यपोस्ट-नपढी सुखै छैन...

कविता : टिकट काट

कविता : टिकट काट

छोडिदेऊ सारा कुरा
आजै झोली तुम्बा बाँध ।
पासपोर्ट बनाऊ
भिसा लगाऊ
खाडीको टिकट काट ।

यदि तिमीले पासपोर्ट बनाएनौ
भिसा लगाएनौ
विदेशको बाटो रोजेनौ
र यही देशमै बसिरह्यौ भने
एक दिन तिमी पनि जल्नुपर्नेछ
जसरी प्रेमप्रसादहरू जले
जसरी गणेश परियारहरू जले ।

अनि एक दिन तिमी पनि मर्नुपर्नेछ
जसरी इन्द्रबहादुर राईहरू मरे ।

त्यसैले
सबै कुरा छोड
पासपोर्ट बनाऊ
भिसा लगाऊ
र आफ्नो सुरक्षित गन्तव्यको टिकट
आजै काट ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.