साहित्यपोस्ट-नपढी सुखै छैन...

कविता : स्वर्ग

कविता : स्वर्ग

बासँगै

सरेका हुन् आमाका साँझबत्तीहरू

आकाशतिर ।

आमा चाहन्छिन्

बुर्लक्क नाघ्न शरीरको तगारो

र धोइदिन बाका टोपी र कछाड ।

नाघेर माइतीको आँगन छाडेर

जुनमामाका कोसेली पस्किदिन

बालाई एक पन्यूँ माया ।

बासँगै सरेको हो

आमाको संसार आकाशतिर ।

बाले बुनेको भकारी लिपेर

जोगाइराख्न अनदीका मुरी धान

थाकेर फर्कने सन्तानलाई खाजा ।

बा गएपछि आमालाई हतार छ

बाको स्वर्ग सिँघार्न ।

म भने भुइँमा खोजिरहेछु

आमाको स्वर्ग ।

साझा गर्नुहोस्:

यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

आफ्नो विचार राख्नुहोस्!

अहिले नै लगइन गरेर तपाईंको प्रतिक्रिया दिनुहोस् र संवादमा सहभागी बन्नुहोस्।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.