साहित्यपोस्ट डट कम

कविता : सुकुम्वासी

कविता : सुकुम्वासी

कहिलेकहीँ यस्तो लाग्छ
जहाँ मेरो एक मुठ्ठी माटो छैन
त्यहीँ उभिएर - किन सिङ्गै देश
"मेरो हो" भन्ने साहस हुन्छ ?
मलाई बिल्कुल थाहा छैन - "तर हुन्छ"।

पहाड पहिरोमा झर्दा होस्
या तराई डुबानमा पर्दा
किन मलाई छटपटी र पीडा हुन्छ ?
त्यो पनि थाहा छैन - "तर हुन्छ" ।

कुलदेउताले - मेरो पुर्खाको पनि
सालनाल यही माटोमा झरेको भन्छ
मर्दा पनि यतै कतै
वनपाखा र बगरमा मरेको भन्छ
तर थाहा छैन कर्म हरेर हो कि
भाग्य टरेर हो - आजभोलि
भन्नेले मलाई बास हराएको चरा
र साथ हराएको बरा भन्छ - "तर भन्छ" ।

हुन पनि आज -
म त्यही चरा जस्तै भएको छु ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.