वर्षौँ राज गर्न चाहन्थे
दुराचारी धमिराहरू
सतिसालझैँ अटल
मेरो देशलाई
खोक्रो, खण्डहर बनाएर ।
जनताले चिने
प्वाँख काटिदिए
साख झारिदिए
निवस्त्र मुण्डन गरी
कालकोठरीमा जाकिदिए ।
तर फेरि सल्बलाउन थाले
फेरि एकजुट हुन थाले
रगत चुस्न पल्किएकाहरू
ढाँट्न र ढाडिन जानेकाहरू ।
अझै पनि भन्दैछन्
“बाँकी नै छ रे
मेचीदेखि महाकालीसम्म खान ।”


