साहित्यपोस्ट-नपढी सुखै छैन...

कविता : सेती नदी

कविता : सेती नदी

बग्दै आयौ हिमालबाट, नामै तिम्रो सेती

हाम्रा पुर्खा कहाँ लग्यौ, भनिदेऊ न यति ।

हे… सेती, भनिदेऊ न यति ।

बनाएर किनारमा ढुङ्गाको सिरानी

आँसु झार्दै आएका हौँ, बगाउँदै खरानी ।

त्रिशूली र नारायणी हुँदै पुग्यौ गङ्गा

बाँचिरहेकै छौँ आज हामी, यादहरूसँग ।

बग्दै आयौ हिमालबाट, नामै तिम्रो सेती

हाम्रा पुर्खा कहाँ लग्यौ, भनिदेऊ न यति ।

हे… सेती, भनिदेऊ न यति ।

हाम्रो मन चर्किन्छ, तिमी चर्किँदैनौ

पुग्छौ तल बङ्गालमा, तिमी फर्किँदैनौ ।

बोलाउँछ यो मनले, बोल्दै नबोले पनि

तिम्रा पुर्खा यहाँ छन्, भनी भन्दै नभने पनि ।

बग्दै आयौ हिमालबाट, नामै तिम्रो सेती

हाम्रा पुर्खा कहाँ लग्यौ, भनिदेऊ न यति ।

हे… सेती, भनिदेऊ न यति ।

साझा गर्नुहोस्:

यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

आफ्नो विचार राख्नुहोस्!

अहिले नै लगइन गरेर तपाईंको प्रतिक्रिया दिनुहोस् र संवादमा सहभागी बन्नुहोस्।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.