साहित्यपोस्ट डट कम

कविता : संसार उसकै, अमिताभ जो छ

कविता : संसार उसकै, अमिताभ जो छ

भिजेर माटो, जब बीज फुट्छन्

उम्रेर ठूला, बर बृक्ष बन्छन्

पानी र माटो, सङ बीज मिल्दा

देख्यौ कि नानी ! बन वृक्ष ठूला ?

कस्ले स्थलैमा, किन वृष्टि भर्छन् ?

कस्ले स्थलैमा, किन वृक्ष दिन्छन् ?

कस्ले यसोरी, तिन रङ्ग भ-यो ?

कस्ले बुटामा, फल फूल भ-यो ?

दिएर काखै, सब पङ्ख पाल्ने

दिएर पातै, सब जन्तु पाल्ने

हामी रमेका, फल फूल खाई

हामी बचेका, यिन वायु पाई ।

कस्ले बनायो, क्षण काल यहाँ

कस्ले बनायो, दिन रात यहाँ

कस्ले बनायो, जल, शैल यहाँ

कस्ले रचायो, तिन बृक्ष यहाँ ?

प्रकाश कस्को ? किन दीप बल्छ ?

अभेद्य यस्तो, कुन ज्ञान हो यो ?

संसार कस्को, कसले चलायो ?

अनन्त बाच्ने, कसले रचायो ?

अभीष्ट कस्को, यस मूल्य के हो ?

बिज्ञान कस्को, यश कीर्ति कस्को ?

बिज्ञान उस्कै, अभिलाष जो छ

संसार उस्कै, अमिताभ जो छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.