साहित्यपोस्ट-नपढी सुखै छैन...

कविता : सङ्कट

कविता : सङ्कट

पटक–पटक लुटिएको छु

महँगो सुट, टाइमा

आयातित कालो जुत्ता टल्काउँदै

महँगो पर्फ्युम मगमगाउँदै

लमकलमक लम्कँदै हिँड्ने

स्तरीय भाषा बोल्ने ‘सज्जन’हरूबाट ।

महाशय !

म तपाईँको हुलियामा कति विश्वास गरूँ ?

तपाईँ साथमा हुँदा

म आफ्नो सुरक्षालाई लिएर

कति प्रतिशत ढुक्क होऊँ ?

साझा गर्नुहोस्:

यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

आफ्नो विचार राख्नुहोस्!

अहिले नै लगइन गरेर तपाईंको प्रतिक्रिया दिनुहोस् र संवादमा सहभागी बन्नुहोस्।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.