साहित्यपोस्ट डट कम

कविता : रुख

कविता : रुख

रुख

रुखको आफ्नै भाषा हुन्छ

ऊ बोल्छ ।

पहिलो पटक रुख फूल फुल्दा बोल्छ

दोस्रो पटक फल फल्दा बोल्छ

तेस्रो पटक ढल्दा बोल्छ

र अन्तिम पटक आफू बल्दा बोल्छ ।

स्राप

जहाँ चिताले सतीलाई जलाए पनि

सतीको स्राप नजलेको कथा छ

म त्यो देशको नागरिक हुँ

लाग्छ अहिले पनि

मेरो शरीरमा आगोको राप छ

र शिरमा सतीको श्राप छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.