साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका । साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च ।

कविता : रातमा बत्ती नबाल्नू कसैले

कविता : रातमा बत्ती नबाल्नू कसैले

रातमा बत्ती नबाल्नू कसैले

दिउँसो पनि लगाएर बस्नू पर्दा

आँखामा हरघडी लगाउनु बाक्लो कालो सुर्मा

निस्कनै परेमा बाहिर

लगाएर निस्कनू निख्खर कालो चस्मा ।

नहाँस्नू, हाँस्दा पनि

ऊर्जा खपत हुन्छ

तिम्रो आँसुले पनि सोस्छ

बहुमूल्य सूर्य–किरण ।

राजधानीको तापक्रम सहन नसकेर

महाराज सुतिबक्सिएको छ

आफ्नो वातानुकूलित शयनकक्षमा

यो घडीमा मारिदिएका छौँ

सहरका सारा स्ट्रिट ल्याम्पहरू ।

निद्रा बिथोल्ने गरी मौसुफको

हल्ला नगर्नू कसैले

फेरि सन्तुलन बिग्रन सक्छ राजधानीको

रातमा बत्ती नबाल्नू कसैले ।

साझा गर्नुहोस्:
साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका । साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च ।
शब्द मिडिया प्रा. लि. काैशलटार चाेक, भक्तपुर
सञ्चार रजिष्टरको कार्यालय दर्ता नं. ०००३६
प्रेस काउन्सिल दर्ता नं. ००७१४
फोन नंः: ९८५१०९७८८८
अश्विनी कोइराला
प्रधानसम्पादक
कृष्ण ढुङ्गेल
सम्पादक
प्रकाश पौडेल "माइला"
सर्वज्ञ वाग्ले
संरक्षक

लेख रचना पठाउन : यहाँबाट पठाउनुहोस् sahityapost2020@gmail.com

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.