साहित्यपोस्ट-नपढी सुखै छैन...

कविता : राराको दुःखद हार

कविता : राराको दुःखद हार

(लघुकविता)

दालभातको जोह गर्न होस्
या न्यानो बासको सपना जोड्न
यात्रामा झन्‌झन् जोखिम बढेको छ ।

हिँड्दाहिँड्दै जो कोही
कुनै कठोर चक्रव्यूहमा पर्न सक्छ
जहाँ कराउँदा न सोध्ने हुन्छ
न कतै हराउँदा खोज्ने हुन्छ ।

समयसँग पनि के सोध्नु ऊ आफैँ
मजबुर र "किङ्कर्तव्यविमूढ" छ
किनकि यहाँ दण्ड सजाय सँगसँगै
दया, माया र करुणा समेत
राज्यलाई भार भएको छ ।

म कसरी सम्झिऊँ त्यो घटना ?
जहाँ त्यो दिन
मुगुको सिङ्गै मुटु जल्दा
पेट्रोलको एउटा जारसँग
राराको दुःखद हार भएको छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.