मायाले छुनु है पियार रसिलो, छाला कि बैँसैभरि
आँखैको दिलमा बिसाई कसिलो, डाम्ला घुमाए परि
लोभी हैन चियाउने नजरको मात्रै, दोषी हो कि है !
भेटेरै मनको पियारी चटनी, खाए त आहा नि है !!
इशारा दिनु काफी एक पलको, जोबान के साँचू खै
कोइली रूपको हिँडाइ सुरिलो, भाका कता पाऊँ खै
आफ्नै आत लिई पकाउनु मिठो, खाना तिम्रै हातको
जाडोमा चिटिक्कै चिया, निद भयो राम्रो तिम्रै काखको।
गाला स्याउजसो पियार मुसुक्कै, हाँस्दा झनै फुर्किएँ
आहा ! छेउ बसेँ सिरिङ्ग खुसीले, आनन्द भै तर्सिएँ
रानीको महिमा दिने म जुनलाई, भेट्न भौँतारिएँ
छायामा जुनकै चित्रण टिपी, भेटेँ प्रेम प्राप्ति भएँ ।
डायरी भरिने मसी ती पल, दस्तावेज लेखेछु म
औधी यादहरू फुरे तर तिमी, भेटिनँ खोजेछु म
रङ्गीचङ्गी चुरा मुलायम कपाली, सारै सुहाउने
आफैँसँग नयाँ सुगन्ध मन, कहिल्यै पार गराउने ।


टिप्पणीहरू
अहिले कुनै टिप्पणी छैन। पहिलो टिप्पणी तपाईं नै गर्नुहोस्।