साहित्यपोस्ट डट कम

कविता : फूल

कविता : फूल

माटो मुस्कुराउँछ ।

तिमीलाई देखेर

पाखा–पखेरीहरू रमाउँछन् ।

तिमीलाई देखेर

यो फूलको सौन्दर्यमा सबै जना मख्खै

तिम्रो छेउमा बसेर सेल्फी लिन्छन् पक्कै

माटो मुस्कुराउँछ ।

तिमीलाई देखेर

पार्क अनि बगैँचाहरूमा रमाउँछन् ।

के युवा

के युवती

के बुढा

के बुढी

तिमीसँग रमाउँछन् ।

तिमीलाई देखेर

माया अनि प्रेमको प्रतीक फूल

यही फूलले हजुर भगवान् पनि र माउँछन् ।

यही फूलको बास्नाले किरा, फट्याङ्ग्राहरू बाँच्छन् ।

तिमीलाई देखेर

माटो मुस्कुराउँछ

यही फूलले मायाको सुरुवात हुन्छ ।

मायामा जल्दा रहेछन् ।

आगोमा बल्दा रहेछन् ।

तिमीलाई देखेर

माटो मुस्कुराउँछ ।

तिमीलाई देखेर

फूल

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.