रुखका जराहरूमा
अतीन्द्रियताको स्पर्श छ।
वर्षा हुँदा रुखका पातहरू
हरियाली हुन्छन्
आँसुको धारा
कहीँ बन्द हुन्छ र ?
सुकेका पातहरू
खसखस आवाज गर्दै
टाढा क्षितिजतिर
गमन गरे।
एक दिन
पहाड पनि
हरियाली भएको थियो
त्यसका ढुङ्गाहरूका फाँटमा
तिमीहरूका आँसु
प्रवेश गरिरहेका थिए।
आज
पक्षीहरूको
सुमधुर स्वर
आनन्दको
अन्वेषण
गरिरहेका छन्।
पातहरूको बीचमा
प्रवेश गरिरहेछ
समय
त्यो समयमा
धूलो पनि छ,
र
पल्लो पारिका
पक्षीहरूको
कलध्वनि पनि।
मूल असमिया: एम. कामालुद्दिन अहमद
अनुवाद: डा. देवेन सापकोटा


टिप्पणीहरू
अहिले कुनै टिप्पणी छैन। पहिलो टिप्पणी तपाईं नै गर्नुहोस्।