साहित्यपोस्ट डट कम

कविता : परिवर्तनको पर्खाइमा मेरो देश

कविता : परिवर्तनको पर्खाइमा मेरो देश

नयाँ पार्टी उदायो

नयाँ विचार, नयाँ आशा बोकेर साथमा

जनताको भरोसा र विश्वास पुगेको छ आज नयाँको हातमा ।

वाचा धेरै सुनियो, अब काम गरेर देखाऊ

अन्धकार चिरेर नयाँ उज्यालो नेपाल लेखाऊ ।

युवा वर्ग हिँडिरहेछन् तिमीसँग ठुलाठुला सपना बोकी

रोजगार र शिक्षाका लागि परदेशिनबाट रोकी ।

भ्रष्टाचार हटोस्, सहिदहरूले न्याय पाऊन्

सुशासन र समानताको बाटोमा देश अघि जाओस्।

रोजगारीको पसिना बगाउन स्वदेशमै अवसर मिलोस्

शिक्षा र स्वास्थ्यका ढोका यही देशमै खुलोस् ।

अन्यायको अन्धकार हटेर उज्यालो छाओस्

जनताको भरोसा र अधिकार सधैँ मजबुत रहोस् ।

हिमालको काखमा बाँचेको मेरो देशले

परिवर्तनको आशा साचेको छ मेरो देशले ।

परिवर्तनको घाम कहिले उदाउँछ भनेर

समय गनेर बसिरहेको छ मेरो देश ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.